×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

नेकपा एमालेद्वारा बाढीपीडितका लागि कम्तीमा एक करोड २० लाख रुपैयाँ राहत घोषणा

नेकपा एमालेद्वारा बाढीपीडितका लागि कम्तीमा एक करोड २० लाख रुपैयाँ राहत घोषणा

काठमाडौं । नेकपा (एमाले) ले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि कम्तीमा एक करोड २० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली ले सोमबार पार्टीका विभिन्न कमिटीबाट उपलब्ध गराइएको राहत सहयोग ग्रहण गर्दै पार्टीको केन्द्रीय कोषबाट समेत रकम जुटाएर बाढीपीडितको राहतका लागि कम्तीमा एक करोड २० लाख रुपैयाँ उपलब्ध गराइने बताएका हुन्।

यसअघि एमालेको बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीले जनही १०–१० लाख रुपैयाँका दरले कुल २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। अब पार्टीको केन्द्रीय कोषबाट थप रकम व्यवस्थापन गरी कम्तीमा एक करोड २० लाख रुपैयाँ राहतका लागि जुटाइने अध्यक्ष ओलीले बताएका छन्।

अध्यक्ष ओलीले विपद्को घडीमा राहत रकम वास्तविक पीडितसम्म प्रभावकारी रूपमा पुग्नुपर्नेमा जोड दिएका छन्। उनले संकलित रकम सरकारको राहत कोषमा जम्मा गर्ने वा पार्टीले प्रत्यक्ष रूपमा प्रभावित नागरिकसम्म पुर्‍याउने भन्ने विषयमा समेत उपयुक्त निर्णय गरिने बताएका छन्। 

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका काम जारी रहेका छन्। 

नेकपा (एमाले) ले पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न तहका कमिटीलाई समेत प्रभावित क्षेत्रमा उद्धार, राहत र स्वयंसेवा कार्यमा सक्रिय रूपमा परिचालन हुन निर्देशन दिएको छ।

विपत्तिको यस कठिन घडीमा सबै राजनीतिक दल, संघसंस्था र नागरिकलाई एकताबद्ध भएर पीडितको उद्धार, राहत र पुनर्स्थापनामा जुट्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिकृया दिनुहोस्